Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

१० अर्बको ट्रेजरी बिल बोलकबोल प्राविधिक समस्याका कारण रद्द

१० अर्बको ट्रेजरी बिल बोलकबोल प्राविधिक समस्याका कारण रद्द

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल निष्कासनका लागि सोमबार तय गरेको बोलकबोल प्रक्रिया स्थगित गरेको छ। ऋण व्यवस्थापन तथा सञ्चालन प्रणाली (डोम्स)मा प्राविधिक समस्या देखिएपछि कार्यालयले उक्त निर्णय गरेको हो।

    images

    कार्यालयले यसअघि असोज ३० गते सूचना जारी गर्दै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणमार्फत थप ५ अर्ब रुपैयाँ जुटाउने योजना सार्वजनिक गरेको थियो।

    निर्धारित कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनुपर्ने थियो। तर, प्रणालीमा समस्या देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।

    कार्यालयका अनुसार डोम्स प्रणालीमा पीएचपी लगायतका प्रविधिसम्बन्धी सुधार तथा मर्मतको काम भइरहेको छ। सूचना प्रविधि टोलीले प्रणालीमा देखिएको समस्या समाधान गर्न काम गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार