काठमाडौं । विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ । अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् ।
यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो ।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्यले आम यात्रुले यात्राका लागि थप सुविधा पाउने बताए । उनले अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुने समेत जानकारी दिए ।

