Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हिमालय एयरलाइन्सले सुरू गर्‍यो काठमाडौं-ल्हासा उडान

हिमालय एयरलाइन्सले सुरू गर्‍यो काठमाडौं-ल्हासा उडान

आर्थिक पत्र
बिहिवार, पौष १२ २०८०
  • हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा उडान सुरू गरेको छ। एयरलाइन्सले बिहीबारदेखि ल्हासामा नियमित उडान सुरू गरेको हो।

    काठमाडौं–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाइ उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए।

    'सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो,' उनले भने, 'त्यसैले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। अब नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान दोस्रो प्रमुख सेतु हुनेछ।'

    तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न पुग्छन्। जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुन्छ। जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने मन्त्री किरातीले बताए।

    हाल चीनको कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार