Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नागरिक उड्डयन प्राधिकरणको नाफा तीन अर्ब ४९ करोड १५ लाख

नागरिक उड्डयन प्राधिकरणको नाफा तीन अर्ब ४९ करोड १५ लाख

आर्थिक पत्र
आइतवार, पौष १५ २०८०
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा तीन अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन् ।

    images

    उनले प्राधिकरणको आय ‘एड्ओटिकल’तर्फ ११ अर्ब ७२ करोड १७ लाख र ‘नन्एड्ओटीकल’तर्फ एक अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड तीन लाख आम्दानी भएको जानकारी दिए । पुँजीगत खर्चतर्फ सात अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ चार अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च चार अर्ब १५ करोड पाँच लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उनले उल्लेख गरे ।

    उनले प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताए । आर्थिक वर्ष २०५६/५७ मा प्राधिकरणको आम्दानी ९१ करोड ८४ लाख रहेकामा आर्थिक वर्ष २०७९÷८० मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको उनले सुनाए ।

    उनले सन् २०२३ को अन्त्यमा आइपुग्दा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको बताए । कोरोनाका कारण आर्थिक रूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै स्थितिमा फर्किएको उनले उल्लेख गरे ।

    उनले सन् २०२३ डिसेम्बरसम्म हवाई उडानमा यात्रुको संख्या कोरोनापूर्वकै अवस्थामा फर्किएको बताए । २०२२ को नोभेम्बरसम्म त्रिभुवन र भैरहवा दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाईयात्रा गर्नेको संख्या २९ लाख ४५ हजार ५४० रहेकामा २०२३ नोभेम्बरसम्म तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्नेको संख्या ४१ लाख ५४ हजार ३९३ पुगेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार