Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

आर्थिक पत्र
शुक्रवार, चैत्र १८ २०७८
  • सङ्खुवासभा । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्ड अन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

    images

    यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएको भन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार