Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल टेलिकमले आजदेखि शेयरधनीको खातामा लाभांश जम्मा गर्दै

नेपाल टेलिकमले आजदेखि शेयरधनीको खातामा लाभांश जम्मा गर्दै

आर्थिक पत्र
मंगलवार, माघ २ २०८०
  • काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले आज मंगलबार (माघ २ गते) देखि शेयरधनीको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

    कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले ४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

    यता कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गर्न आग्रह गरेको छ । अद्यावधिक गरेपछि मात्र खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार