Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

'अनर' को बलियो डिस्प्ले भएको नयाँ फोन भित्रिँदै

'अनर' को बलियो डिस्प्ले भएको नयाँ फोन भित्रिँदै

आर्थिक पत्र
शुक्रवार, माघ ५ २०८०
  • सेलट्रोन नेपाल प्रालिले नेपालमा 'अनर' को नयाँ फोन भित्र्याउने भएको छ।

    कम्पनीले अनर एक्स९बी स्मार्टफोन यही जनवरीमा भित्र्याउने जानकारी दिएको हो।

    कम्पनीका अनुसार 'द अनब्रेकेबल स्मार्टफोन' ट्यागलाइन भएको अनर एक्स९बी बलियो डिस्प्लेका लागि विश्वभरि प्रख्यात छ। यसलाई एसजिएसबाट पाँच तारा (फाइभ स्टार) पनि प्रदान गरिएको छ।

    यसअघिको अनर एक्स९ए भन्दा क्यामरा, ब्याट्री र अरू सबैजसो फिचरमा अनर एक्स९बी अब्बल भएको कम्पनीको भनाइ छ।

    यसको डिस्प्ले र डिजाइन नयाँ भएको र यो सनराइज ओरेन्ज, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    यसमा १०८ मेगापिक्सल अल्ट्रा-क्लियर क्यामरा, ५ मेगापिक्सल अल्ट्रा-वाइड क्यामरा र २ मेगापिक्सल म्याक्रो क्यामरा छ।

    यसको ब्याट्री ५८०० एमएएचको भएकाले एकपटकको पूरा चार्जमा ३ दिनसम्म चल्ने कम्पनीको दाबी छ।

    हाल कम्पनीले नेपालमा यसको मूल्य कति हुन्छ भन्नेबारे सार्वजनिक गरेको छैन। तर जनवरीभित्रै प्रि-बुकिङ सुरू हुने जनाएको छ।

    ग्राहकले पसलहरूका साथै दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्मबाट यो फोन किन्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार