Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ ग्यालेक्सी एस२४ सिरिज फोनको ‘प्रि अर्डर’ गर्न सकिने

सामसङ ग्यालेक्सी एस२४ सिरिज फोनको ‘प्रि अर्डर’ गर्न सकिने

आर्थिक पत्र
शुक्रवार, माघ ५ २०८०
  • काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४+ र ग्यलेसी एस२४ को ‘प्रि अर्डर’ खुलेको घोषणा गरेको छ । जसले ग्यालेक्सी एआईको साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गरौउँदै छ ।

    ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रांस्लेटको साथ मोबाइल फोनको संचारको तरिका लाई नै पुनः परिभाषित गरिदिएको छ ।  इन्तेर्प्रेटरसँग कुराकानीहरु तुरुन्तै स्प्लिट स्क्रिन भ्युमा ट्रांस्लेट गर्न सकिन्छ । यसले डाटा वा वाई–फाई बिना पनि काम गर्दछ । 

    मेसेज र अन्य एपहरुका लागि च्याट असिस्टले उदेश्य अनुसारको कुराकानीको टोनलाई सुनिश्चित गर्न मद्दत गर्न सक्छ । सामसङ किबोर्डमा  निर्मित ए.आई.ले १३ भाषाहरूमा सन्देशहरू वास्तविक समयमा अनुवाद गर्न सक्छ। गाडीमा, एन्ड्रोइड अटोले स्वचालित रूपमा आगमन सन्देशहरू संक्षेप गर्नेछ र सान्दर्भिक जवाफ र कार्यहरू सुझाव दिन्छ ।

    ग्यालेक्सी एस२४+ मा ६.७ इन्च र ग्यालेक्सी एस२४ मा ६.२ इन्च डिस्प्ले छ । ग्यालेक्सी एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याटर डिस्प्ले छ, हेर्नको लागि मात्र होइन उत्पादकताका लागि पनि अप्टिमाइज गरिएको छ। ग्यालेक्सी एस२४+ ले अब ग्यालेक्सी एस२४ अल्ट्रामा पाइने क्युएचडीप्लसको समान स्तरलाई समर्थन गर्ने कम्पनीले जनाएको छ । 

    ग्यालेक्सी एस२४ शृङ्खला प्रि–बुक गर्नको लागि आधिकारिक पूर्व अर्डर वेबसाइट https://samsung-np.com/NP-S24-Preorder/ मा अथवा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गर्न सकिन्छ । प्रि–अर्डर अफरहरू माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य रहने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार