इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप–अपमा उपहार’ शुरू गरेको छ । यस योजना अन्तर्गत सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा ‘टप–अप’ गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्स रहेको छ । यो योजना ३१ चैत्रमा समाप्त हुनेछ । यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली– मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिनेछ ।
यस योजनाबाट सहकारी÷लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ । साथै सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सले जनाएको छ ।

