Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी व्यवस्थापनका लागि सम्झौता

फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी व्यवस्थापनका लागि सम्झौता

आर्थिक पत्र
शुक्रवार, माघ १२ २०८०
  • फोनपोइन्ट्स  र  फोनपेबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ। 

    सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे। 

    सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ। 

    फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई  प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ।  

    सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौं। हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय बृद्धि गर्ने आशा गर्दछौं।’ 

    फोनपोइन्ट्स र फोनपे बीचको यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ। 

    दुबै कम्पनीहरू इनोभेसनलाई बढावा दिन, ग्राहक सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन्।  

    फोनपोइन्टस् एक रिवार्ड व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायहरूलाई लोयल्टी कार्यक्रमहरूसँग संलग्न हुने तरिकामा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राख्छ। 

    इनोभेशन, बहुमुखी प्रतिभा र विशिष्टतामा ध्यान केन्द्रित गर्दै फोन पोइन्ट्सले  सबैका लागि रिवार्ड प्राप्त गर्ने अनुभवको व्यापक समाधान गर्दछ।  

    फोनपे भुक्तानी नेटवर्क हो,जसले भुक्तानी प्रणाली सञ्चालकको रूपमा सेवा गर्दछ। 

    इन्टरअपरेबल नेटवर्कका साथ फोनपेले बैंकिङ र वित्तीय संस्थाहरू, डिजिटल वालेटहरू, उपभोक्ता र व्यापारीहरूलाई जोड्ने काम गर्दछ। 

    फोनपेले ६० भन्दा बढी साझेदार, २ करोड बढी ग्राहक र १३ लाख मर्चेन्ट सहितको प्लेटफर्मले वित्तीय कारोबारका साथ क्युआर भुक्तानीको सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार