Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गुल्मी–काठमाडौँको हवाई भाडा वृद्धि

गुल्मी–काठमाडौँको हवाई भाडा वृद्धि

आर्थिक पत्र
बिहिवार, बैशाख २७ २०८१
  • गुल्मी । गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि बढेको भाडा दरअनुसार अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

    यसअघि गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो। हाल गुल्मीमा नेपाल एअरलाइन्सको ट्विनअटर जहाजले साप्ताहिक तीन उडान गर्दै आएको थियो।

    विमानस्थलबाट यात्रुको चापलाई मद्देनजर गर्दै एक दिन उडान थप गरिएको छ। विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको थियो।

    अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चारपटक उडान गरिने भएको हो। विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार