Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फोनपे बिजनेस एपमा नयाँ ‘भ्वाइस नोटिफिकेशन’ को सुविधाको

फोनपे बिजनेस एपमा नयाँ ‘भ्वाइस नोटिफिकेशन’ को सुविधाको

आर्थिक पत्र
सोमवार, जेठ २१ २०८१
  • ललितपुर। फोनपेले आफ्नो नयाँ आविष्कार स्वरूप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’ सेवा सुरु गरेको छ। कम्पनीका अनुसार फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्।

    फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।

    यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनः परिभाषित गरेको कम्पनीले जनाएको छ। उक्त सुविधाले एसएमएस मार्फत भुक्तानी पुष्टीकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको जनाएको छ।

    यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, नोटिफिकेसन सेटिंग बाट भ्वाइस नोटिफिकेशन सुचारु गर्न सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार