Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

आर्थिक पत्र
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौं। रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ। टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

    कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ।

    स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्याग शिपचिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ। यो अहिलेसम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो। ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ। यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले भएको कम्पनीको दाबी छ।

    रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन सहज हुनेछ। यसको एआइफ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ। क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँ उचाइ प्रदान गर्ने बताइएको छ।

    ५५०० एमएएचको ब्याट्री भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ। -कम्पनीका अनुसार रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा बिक्रेताहरूमा साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ।

    यस अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा ५,४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार