Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वर्षाका कारण हवाई सेवा प्रभावित

वर्षाका कारण हवाई सेवा प्रभावित

आर्थिक पत्र
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो ।

    आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् ।

    आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको थियो भने दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड गर्नुपरेको थियो ।

    विमानस्थल कार्यालयका अनुसार एयर अरेबिया र कुवेत एयरलाइन्सका जहाज भने सहजै अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार