Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हेटौंडामा पनि सुरू भयाे र्यापटिङ सेवा

हेटौंडामा पनि सुरू भयाे र्यापटिङ सेवा

आर्थिक पत्र
आइतवार, श्रावण २७ २०८१
  • हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवारदेखि र्यापटिङ सेवा औपचारिक रूपमा सुरु भएको छ।

    राप्ती खोलामा सुरु गरिएको यो सेवा हेटौँडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ।

    यस अघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्यापटिङको अनुभव अब हेटौँडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन्। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.द्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए।

    मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले राप्ती नदीमा र्यापटिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धि समेत हुने विश्वास रहेको बताएका छन् । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.का अनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले यहाँ र्यापटिङको राम्रो सम्भावना रहेको छ। कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको रयाफ्टिङ यात्राका लागि प्रति व्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ।

    यो नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ। कम्पनीले छिट्टै नियमित र्यापटिङ सेवा सुरु गर्ने जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार