Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं: मन्त्री पाण्डे

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं: मन्त्री पाण्डे

आर्थिक पत्र
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औं दिनको पुण्य तिथिको सन्दर्भमा आईतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

    मन्त्री पाण्डेले भने, हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई  कम्पायल गरेर, एकिकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ । उनले अगाडि भने, नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने छौं । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।

    उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताए ।  मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरि ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए । साथै उनले उक्त विधेयक मन्त्रिपरिषद मार्फत संसदमा पेश गरिने विश्वास दिलाए । 

    उनले दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि  परिमार्जन गरिने बताए । साथै दुर्घटनामा ज्यान गुमाउनु हुने परिवारजन प्रति समेत गहिरो समवेदना प्रकट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार