Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ।

    एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौं-पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो।

    एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए।

    “पोखरा-काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौं, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौं।”

    आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन्। खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ १० विमान र आठ रोटर (हेलिकप्टर) छन्।

    कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास-८-क्यू-४०० विमान छन्। आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ।

    कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार