Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

कोरोना बिमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

कोरोना बिमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ । यो मुद्धाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।  

    images

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

    सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।

    कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार