Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाउ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाउ आदेश जारी

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।

    सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ ।  

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बीमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौं बिमितले तीन बर्षदेखि भुक्तानी पाएका छैनन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार