Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

चेक अनादर मुद्धामा फरार पर्साका रोहित खड्का पक्राउ

चेक अनादर मुद्धामा फरार पर्साका रोहित खड्का पक्राउ

आर्थिक पत्र
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । चेक अनादर मुद्धाका फरार अभियुक्त ठोरी गाउँपालिका–३ पर्सा बस्ने रोहित कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    खड्काको बिरुद्ध पोखरिया नगरपालिका–६ पर्साका रामराज प्रसाद चौहान र विन्दवासिनी गाउँपालिका–२ पर्साका छोटेलाल प्रसाद यादवले मुद्धा दायर गरेका थिए ।

    छोटेलाल प्रसाद यादवले दायर गरेको मुद्धालाई जिल्ला अदालत पर्साले २०७६ जेठ ६ गते र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजको २०७७ फागुन ७ गतेको फैसला गरेको थियो । त्यस्तै रामराज प्रसाद चौहानले दायर गरेको मुद्धालाई जिल्ला अदालत पर्साले २०७९ चैत्र ३ गते र उच्च अदालतले २०७१ बैशाख १४ गते फैसला गरेको थियो । 

    दुबै चेक अनादर मुद्धामा २, २ वर्ष कैदमा राखी वादीको विगो रकम असुल उपर गर्नुपर्ने भनि आदेश भएको छ ।  कैद ठहर भएपछि फरार रहेका खड्कालाई पर्सा जिल्ला अदालतको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले  बुधबार सुन्धाराबाट पक्राउ गरि पर्सा जिल्ला प्रहरीलाई बुझाएको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि आज पर्सा जिल्ला अदालतमा पेश गरिएको छ । पक्राउ परेका खड्का नेपाली काँग्रेसको पर्सा सभापती तथा मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीका आफ्नै सालो हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार