Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

आर्थिक पत्र
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीन जना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ।

    लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको पचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए।

    'उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो। त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ। उहाँहरूले सहयोग पनि गर्नु भयो। ३ लाख २० हजार संकलन भएकोमा तीनै जनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनु भएको खातामा पठाइसकेको छु,' नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत रहेका विष्टले भने।

    यसका साथै लामो समयदेखि अपांगता जीवन  बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ छ। उनले उपचारका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन्।

    'दान दिएर रित्तो कहिल्यै भइँदैन। सबैभन्दा ठूलो दान र धर्म नै मानवता तथा मानवीय सेवा हो। यही मानवीय धर्ममा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनप्रति आभार। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना,' उनले भने। पटक-पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका विष्टले आगामी दिनमा पनि आफ्नो यस कर्मलाई जारी नै राख्ने बताएका छन्।

    विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार