Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

आर्थिक पत्र
बिहिवार, आश्विन १० २०८१
  • सञ्जय मिश्रा, रौतहट । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।

    images

    हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।  वडा नम्बर ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको ।

    असोज २ गतेदेखि राजपुर- ४ मा १ जना बिरामीबाट सुरुभएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरूष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा नम्बर ४ लाई निषेधित गरिएको थियो ।

    सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् ।  हैजा प्रभावित ६० जनाभन्दा बढी बिरामी क्रमश: निको हुँदै घर फर्किसकेका स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन् ।

    प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भईरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।

    दुषित खाने पानीको प्रयोगले राजापुरको दुईटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार