Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

आर्थिक पत्र
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौँ । यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् । 

    पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् ।

    गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

    काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार