Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

नक्कली नोट सहित एक जना पक्राउ

नक्कली नोट सहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, कार्तिक २ २०८१
  • पर्सा । वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोट सहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    images

    प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार