Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं। नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज ‘नाइन एन-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ।

    जहाजको नियमित सि-चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो।

    उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ। जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे। आज बेलुकाबाटै उडान सुरु हुनेछ।”

    उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार