Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

शरद ऋतुमा एक हजार दुई सय बढीलाई हिमाल आरोहण अनुमति

शरद ऋतुमा एक हजार दुई सय बढीलाई हिमाल आरोहण अनुमति

आर्थिक पत्र
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं। शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन्।

    images

    यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए। उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन्।

    यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुङ आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।

    नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणवापत रु आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ। मनास्लु र हिम्लुङको आरोहण सकिएको छ। अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार