Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो आन्तरिक हवाई भाडा, कुन रुटमा कति?

बढ्यो आन्तरिक हवाई भाडा, कुन रुटमा कति?

आर्थिक पत्र
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएसँगै हवाई भाडासमेत बढेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडा बढाउने निर्णय गरेको हो।

    काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ। काठमाडौं-धनगढी ९० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६० रुपैयाँ र काठमाडौं–सुर्खेत ६५ रुपैयाँले भाडा वृद्धि भएको छ।

    यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं-भैरहवा ४०, काठमाडौं–पोखरा ३० र काठमाडौं–सिमरा १५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार