Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता

आर्थिक पत्र
शुक्रवार, मंसिर २१ २०८१
  • स्टकहोम– युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनःपूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २०५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

    माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वीडेन सरकारले जनाएको छ ।

    बीएई सिस्टम्स ह्याग्लुन्ड्ससँग २.३ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ, जुन पहिले स्वीडेन र डेनमार्कले दान गरेको रकमबाट वित्तपोषित हुनेछ ।

    स्वीडेनका रक्षामन्त्री पाल जोन्सनले भने, ‘यी लगानीले युरोप र विशेष गरी युक्रेनलाई सुरक्षित बनाउन सम्भव बनाउनेछ ।’

    चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, नेदरल्याण्ड्स, नर्वे, स्लोभाकिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेन गरी १० वटा देशमा सीभी ९० लडाकु सवारी साधन छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार