Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री ओलीले आज दमक भ्यू-टावरको उद्घाटन गर्दै

प्रधानमन्त्री ओलीले आज दमक भ्यू-टावरको उद्घाटन गर्दै

आर्थिक पत्र
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) को उद्घाटन गर्ने भएका छन् ।

    झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने उनको सचिवालय जानकारी दिएको छ ।

    'दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

    तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ । आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार