Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने

आर्थिक पत्र
बुधवार, मंसिर २६ २०८१
  • कतार । कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ। 

    हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु बिमान किन्ने घोषणा गरेका हुन् । 

    कतार सरकारले आधिकारिक रूपमा कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिश स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ ।


    उनले आफनो भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री स्टारर र राजा चार्ल्ससँग भेटघाट गरेका थिए । कतारी अमिर बेलायती राजा र प्रधानमन्त्रीले दिएको रात्री र दिवाभोजमा सहभागी भएका थिए ।

    कतारले सन २०२७ मा ७.६ बिलियन डलरमा २४ टाइफुन लडाकु बिमानहरु किनिसकेको छ ।

    १२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेकाे कतारको टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा ​​पनि वार्ता  गरिरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार