Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

आर्थिक पत्र
सोमवार, पौष ८ २०८१
  • बाँके । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    हलवाईले नेपालगंज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार