काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन कार्यक्रमका विजेता आज सोमबार घोषणा गर्दैछ। कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना नियमित विजेता र एक जना बम्पर विजेता गरी १६ जनाको नाम सार्वजनिक गर्न लागिएको हो।
विजेता घोषणा कार्यक्रम बिहान ९ः३० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजना हुनेछ। विजेता छनोट प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीसमेत सहभागी हुने आन्तरिक राजस्व विभागले जनाएको छ।
विभागले करदाता प्रोत्साहन कार्यक्रममार्फत कर प्रणालीमा नागरिकको सहभागिता बढाउने र करसम्बन्धी गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। कार्यक्रमअन्तर्गत तोकिएको पाक्षिक अवधिका विजेता छनोट गरी सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।
आज घोषणा हुने विजेताहरू कात्तिक महिनाको पहिलो पाक्षिक अवधिका हुन्।


