Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज सोमबार अन्तिम दिन हो। कम्पनीले कात्तिक ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्ने भएको छ।

    images

    कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो। यस समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने व्यवस्था गरिएको छ।

    त्यसमध्ये जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ करोड २५ लाख रुपैयाँ बराबरको ४२ लाख २५ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ। उक्त समूहका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको बाँकी सेयर पनि चरणबद्ध रूपमा निष्कासन गर्नेछ।

    हिम पर्वत हाइड्रोपावरले ५.५ मेगावाटको सागु खोला–१ र २० मेगावाटको सागु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ सालदेखि विद्युत् उत्पादन गरिरहेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार