Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

आजको मौसमः साँझ सम्मै चिसोको मात्रा रहने, पानी पर्न सक्ने

आजको मौसमः साँझ सम्मै चिसोको मात्रा रहने, पानी पर्न सक्ने

आर्थिक पत्र
शनिवार, पौष १३ २०८१
  • काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । 

    images

    जल तथा माैसम बिभाग, पुर्वानुमान महाशाखाका अनुसार सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते शुक्रबार अपरान्ह देखि मिति २०८१ पुस १३ गते शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । 

    साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

    तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा जल तथा मौसम बिभाग, पुर्वानुमान शाखाले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार