Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

आर्थिक पत्र
आइतवार, पौष १४ २०८१
  • सियोल। दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।

    दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ । 

    जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।

    कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो बिमान दुर्घटना हुदाँ कम्तीमा २८ जनाको मृत्यु भएको सुरूमा जानकारी दिएको थियो । उसका अनुसार विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।

    योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुइ व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप बिवरण आउन बाँकी रहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार