Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

आर्थिक पत्र
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

    images

    ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार