Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

वीरगञ्ज महानगरद्वारा वीपी उद्यानका बजार खाली गराउन ‘अल्टिमेटम’

वीरगञ्ज महानगरद्वारा वीपी उद्यानका बजार खाली गराउन ‘अल्टिमेटम’

आर्थिक पत्र
सोमवार, पौष १५ २०८१
  • काठमाडौँ। वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको वीपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई एक साताभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ।

    images

    वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै तरकारी तथा फलफूल बजार खाली गर्न निर्देशन दिएको हो। महानगरले यसअघि मंसिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर वीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउन निर्देशन दिएको थियो । 

    पहिलो पटकको म्याद गत पुस १० गते सकिएको थियो। तर, पहिलो पटकको अवधिमा तरकारी तथा फलफूल व्यापारीले वीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गर्दै आइरहेका छन्। वीरगञ्जको मुख्य स्थानमा रहेको अस्तव्यस्त बजारले सौन्दर्यीकरणमा समस्या पार्दै आइरहेको छ। 

    प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरले वीपी उद्यानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेका व्यापारीलाई महानगर १६ मा रहेको नगवास्थित कृषि बजारमा व्यवस्थापन गर्न लागेको जानकारी दिए।

    ‘महानगरले तोकिएको समयभित्रै तरकारी तथा फलफूल बजार खाली नगरेको खण्डमा सोही व्यापारी तथा व्यवसायीबाट खाली गराउँदा लाग्ने खर्च पनि उठाइने छ,’ उनले भने।

    वीपी उद्यान वीरगञ्ज महानगर ९ मा पर्छ । वीरगञ्ज महानगर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले तरकारी तथा फलफूल व्यापारीलाई उपयुक्त विकल्प दिएर वीपी उद्यान खाली गर्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार