Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ब्राजेलीयन खेलाडीलाइ ८० हजार पाउन्ड जरिवाना, दुइ खेलमा प्रतिबन्ध

ब्राजेलीयन खेलाडीलाइ ८० हजार पाउन्ड जरिवाना, दुइ खेलमा प्रतिबन्ध

आर्थिक पत्र
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडी माथी जरिवानासहित दुइ खेलमा प्रतिबन्ध लगाइएको छत । 

    उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित दुई खेलको प्रतिबन्ध लगाएको हो।

    गत साता लिग खेलमा  ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो ।

    कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको एफएले जनाएकोछ ।  उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।

    उनले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार