Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

आगामी शनिबार पोखरामा ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

आगामी शनिबार पोखरामा ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते शनिबार पोखरामा आयोजना हुने भएको छ।

    images

    पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

    काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउनेछ।

    बुटवलमा करिब २ हजार ५०० जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ।

    कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ।

    साथै, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्।

    स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ। सहभागीले पप-अप स्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्नेछन्।

    पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सृजनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो।

    विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।

    कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछ।

    निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा र आसपासका क्षेत्रका युवालाई सहभागी हुन आमन्त्रण गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार