काठमाडौं। यती एयरलाइन्सले अंग्रेजी नयाँ वर्ष सन् २०२५ अवसरमा ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘यती ट्राभल कार्ड’ योजनाअन्तर्गत २५ हजारमा नेपाल भ्रमण गराउने भएको हो।
योजनाअन्तर्गत ग्राहकले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी सदस्यता लिन सक्नेछन्। सोही कार्डमार्फत सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिनेछ।
कम्पनीका अनुसार खरिद गरेको टिकट अन्य व्यक्तिलाई दिने पाइने छैन भने नेपाली यात्रुले मात्र योजनाको लाभ लिन सक्नेछन्।

