Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

रावाबेँसीमा घट्याे विद्युत महसुल

रावाबेँसीमा घट्याे विद्युत महसुल

आर्थिक पत्र
मंगलवार, श्रावण ३ २०७९
  • खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा सामुदायिक विद्युत वितरण केन्द्रमार्फत सञ्चालित विद्युतको मासिक महसुल घटाएको छ ।  केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।

    images

    सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ साउनदेखि लागु हुनेगरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो । 

    केन्द्रबाट रावाबेँसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुबेकोल तथा ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत उपभोग गर्दैआएका छन् । सामुदायिक विद्युत वितरण केन्द्रलाई छाडेर नेपाल विद्युत प्राधिकरण अन्तरगतको विद्युत उपयोग गर्न चाहने ग्राहकलाई सबै उपभोक्ताको हस्ताक्षर र सम्वन्धित वडाको सिफारिसका आधारमा नियमानुसार सिफारिस दिइने अध्यक्ष निरौलाले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार