Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व संकलन

आर्थिक पत्र
सोमवार, माघ ७ २०८१
  • वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ।

    images

    भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलनमा सुधारोन्मुख रहेको बताए। “सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,” उनले भने, “साउनयताकै पुस महिनामा उच्च राजस्व संकलन भएको छ।”

    वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा १२ अर्ब १५ करोड राजस्व संकलन गर्यो। त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड राजस्व सकंलन गरेको थियो।

    त्यसैगरी, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो। पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको हो।

    कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो। भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ।

    त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ। कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार