Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुनः सञ्चालनमा

मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुनः सञ्चालनमा

आर्थिक पत्र
मंगलवार, माघ ८ २०८१
  • काठमाडौँ । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।

    images

    थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती दुवै सडक स्तरोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

    यसैगरी, मकवानपुर-काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक-खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार