Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, माघ १४ २०८१
  • काठमाडौं - प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। 

    images

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 

    उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। 

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौं-२४ इन्द्रचोकबाट पक्राउ गरिएको हो। 

    उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार