Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि

आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि

आर्थिक पत्र
सोमवार, माघ १४ २०८१
  • काठमाडौं – नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । 

    images

    अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

    स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै  व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उनको भनाइ छ । 

    चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ‘ब्याकअप’का रुपमा विकास गरिनुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए । 

    क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी हुने एक्स्पो समितिका सभापति राष्ट्र भूषण चाकुबजीले बताए। 

    चेम्बर अफ कमर्शका सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यस पटक आईटी उत्पादनहरूलाई उच्च प्राथमिकतामा राखिएको बताए । 

    विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडाका सामान, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशोधन, खाद्यान्न तथा दुग्ध उत्पादन प्रदर्शनीका लागि राखिनेछन् । 

    एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया,  मलेसिया, पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुहरूको समेत प्रदर्शनी हुनेछ । कूल एक सय २५ भन्दा बढी स्टल रहने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार