Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यु.सि.यम.यस. भैरहवाको ‘मानसिक रोग विभाग’ को २४औं वार्षिकोत्सवमा गोष्ठी सम्पन्न

यु.सि.यम.यस. भैरहवाको ‘मानसिक रोग विभाग’ को २४औं वार्षिकोत्सवमा गोष्ठी सम्पन्न

आर्थिक पत्र
मंगलवार, माघ १५ २०८१
  • भैरहवा। युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आवासिय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो । यसैगरी डा.अनमोल बन्धु कार्कीले भने यु.सि.यम.यस.मा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना, संक्षिप्त इतिहास तथा भावि योजनाको सम्बन्धमा प्रकाश पार्नु भएको थियो । 
    यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना २५ जनवरी २००१ मा भएको थियो । गएको आर्थिक वर्षमा यस विभागले ओपिडी सेवा मार्फत करिब ३३,६४५ जना विरामीहरुको उपचार गरेको थियो । जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला रहेको थियो । यसैगरी सोही अवधिमा करिब १,०९७ विरामी अस्पतालमा भर्ना भई उपचार गरेको थियो । जसमा अधिकांश विरामीहरु २१ देखि ३० वर्ष उमेर समुहको रहेको थियो । 
    विभागले यस वर्षदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यु.परिक्षण सेवाका बारेमा पनि प्रकाश पारेको थियो । विभागले आउँदो दिनमा बालबालिका तथा व्यष्कहरुको मानसिक स्वास्थ्य, छारे रोग, लागु औषध कुलत तथा पुनस्र्थापना इत्यादि सम्बन्धमा अझ विशिष्ट परामर्श तथा उपचारका लागि ‘विशिष्ट क्लिनिक’ सञ्चालनमा ल्याउने बताएको थियो ।  
    कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले यस विभागको प्रगति सन्तोषजनक रहेको, भोलिका दिनमा यसको विकाश र विस्तारमा अस्पतालले अझ बढि लगानी गर्ने बताउनुभयो । कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, डा.सन्जिव शाह, डा.श्रेया पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डा.कञ्चन गिरी तथा डा.मोहम्मद नसिम अकरम मिकरानीले संयुक्त रुपमा गर्नु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार