Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

आर्थिक पत्र
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख ४८ हजार ३२३ पुगेको हो ।

    images

    त्यस्तै, अन्य संस्थागत स्थायी लेखा दर्ता सङ्ख्या १९ लाख ९३ हजार ७२४ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता सङ्ख्या ३ लाख ३८ हजार ३१६ र अन्तःशुल्क इजाजत दर्ता सङ्ख्या १ लाख २१ हजार ६८२ पुगेको विभागले जनाएको छ ।

    विथहोल्डर स्थायी लेखा नम्बर दर्ता सङ्ख्या ३४ हजार ६३८ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    अर्धवार्षिक अवधिमा अन्तःशुल्क लक्ष्यको नजिक, शिक्षा कर १७८ प्रतिशत बढी
    आन्तरिक राजस्व विभाग चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अन्तःशुल्क सङ्कलनमा करिब लक्ष्यको नजिक पुगेको देखिएको छ ।

    पुस मसान्तसम्म विभागले ५७ अर्ब ४६ करोड ४१ लाख १९ हजार रुपैयाँ अर्थात लक्ष्यको ९५.६० प्रतिशत अन्तःशुल्क सङ्कलन गरेको छ ।

    त्यस्तै, विभागले समीक्षा अवधिमा लक्ष्यको तुलनामा आयकर ७८.२७, घरबहाल कर ६०.०४, ब्याज कर, ७१.४२ र मूल्य अभिवृद्धि कर ८५.५३ प्रतिशत सङ्कलन गरेको छ । त्यस्तै सो अवधिमा निर्धारित लक्ष्यको तुलनामा विभागले स्वास्थ्य सेवाकर ७५.६२, शिक्षा कर १७८.६७, र अन्य कर ३८५९.४४ प्रतिशत हासिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार