Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं– अभौतिक मुद्रा क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी विभिन्न माध्यमबाट ठगी गरेको आरोपमा ७ जना व्यक्तिलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

    कैलालीका माइकल डंगौरा, कैलालीकै अनिल बिश्वकर्मा, काठमाडौंका पियुष श्रेष्ठ, दोलखाका अश्विन चौलागाइँ, रौतहटका सत्यमकुमार सहनी, भारत बिहारका रोशन कुमार र मुन्ना कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरूलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरूले संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको, विभिन्न बैंकका वालेटमा पहुँच पुर्‍याइ रक ठगी गरेको, विभिन्न विज्ञापनहरूबाट साइबर फिसिङ गरेको, हुन्डी कारोबार गरेको लगायतका गैर कानुनी कारोबार गरेको आरोप प्रहरीले लगाएको छ । 

    उनीहरूबाट सुपर कम्प्युटरको सिपियु, मोबाइलहरू, बैंकका चेक र पाँच लाख ५० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले हालसम्मको डिजिटल फरेन्सिक रिपोर्टबाट सो समूहले ३ अर्ब बढी ठगी गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार