Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

आर्थिक पत्र
शनिवार, माघ १९ २०८१
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउँदै छ ।

    पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजना मध्ये धावनमार्गको ७५ मिटर नजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भए सँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    विमानस्थल गत कात्तिक २३ गते देखि राति १० बजे देखि बिहान ८ बजे सम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे सम्म सञ्चालनमा हुनेछ ।

    अहिले विमानस्थलको दक्षिण पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्यांगर पूर्वतर्फको एप्रोन विस्तार लगायत विमानस्थलको क्षमता वृद्धिका लागि पूर्वाधार विस्तारजारी रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    ‘तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएको छ । त्यसैले शनिबार देखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको हो’, उनले भने ।

    विमानस्थल नै बन्द गरेर धावनमार्ग सँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले बताए । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    विमानस्थल भित्र हाल तीनवटा आयोजनाको काम भइरहेको छ। सन् २०२० मेमा सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत मात्र पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार