Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कुनै पनि उद्योगमा लोडसेडिङ छैनः कुलमान घिसिङ

कुनै पनि उद्योगमा लोडसेडिङ छैनः कुलमान घिसिङ

आर्थिक पत्र
बिहिवार, चैत्र २४ २०७८
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । 

    बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारेका हुन् । केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ । 

    ‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले भने । विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार